७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका लागि निवेदन दिनेलाई ताली बजाउँछन्, म बाटामा हिँड्दा ढुंगा हानिन्छ – अध्यक्ष ओली



अ+ अ-

पोखरा । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुंगा हान्न लगाएको आरोप लगाएका छन् । 

शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 

एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको उनको टिप्पणी छ । 

‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन् । सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’ ओलीले भने ।

ओलीले अगाडी भने, ‘यो गठबन्धन टुट्नु हुँदैन, गठबन्धन टुटे धुलोपिठो हुन्छन् । हामी पनि यो किस्ता–किस्तामा यता एउटा, उता एउटा छ यो भन्दा एकमुस्ट पाँच ओटा भए हुन्छ । यिनीहरुको हुती छ गठबन्धन टुटाएर एक्लै एमालेसँग लड्ने ?’