१० भाद्र २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए भोटकोशी बाढीः एक हजारभन्दा बढी सवारीसाधनमा क्षति त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका लागि निवेदन दिनेलाई ताली बजाउँछन्, म बाटामा हिँड्दा ढुंगा हानिन्छ – अध्यक्ष ओली



अ+ अ-

पोखरा । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुंगा हान्न लगाएको आरोप लगाएका छन् । 

शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 

एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको उनको टिप्पणी छ । 

‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन् । सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’ ओलीले भने ।

ओलीले अगाडी भने, ‘यो गठबन्धन टुट्नु हुँदैन, गठबन्धन टुटे धुलोपिठो हुन्छन् । हामी पनि यो किस्ता–किस्तामा यता एउटा, उता एउटा छ यो भन्दा एकमुस्ट पाँच ओटा भए हुन्छ । यिनीहरुको हुती छ गठबन्धन टुटाएर एक्लै एमालेसँग लड्ने ?’