११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहामा निस्केको महासचिव पोखरेलको टिप्पणी

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहामा निस्केको महासचिव पोखरेलको टिप्पणी
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गर्नु भएको छ ।

१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित अनलाईन समाचार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्क समेत गर्नु भयो । महासचिव पोखरेलले भन्नु भयो, ‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन, त्यति मुलुकले सही बाटो समाउन सक्दैन ।

आज के देखिन्छ–तेस्रो÷चौंथो पार्टी प्रधानमन्त्री खोज्न हिडिराखेको, भौतारीराखेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामथ्र्य राख्दैन । प्रधानमन्त्री खोज्न देश÷विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ । जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन । लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने प्रणाली हो । हो यहीँ मान्यताको पैरवी गरिएको हो ।’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाउनु भयो । उहाँले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेकोभन्दै आपत्ति समेत जनाउनु भयो । महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सरकार भर्सेस भगर्नरको जे बहस चलिराखेको छ नि । यथार्थ के हो भने पैसा किन हराईरहेको छ भन्दा ब्ल्याक मनीलाई ह्वाईट मनी बनाउन खोज्दा पैसा हरायो । गभर्नर ब्ल्याकलाई ह्वाईट बनाउने कुराको विपक्षमा उभिनु भयो । गभर्नरको नीतिलाई सरकारले फ्लो गरेको भए पैसा हराउने नै थिएन । यस अर्थमा पैसा किन हरायो भन्ने कुरामा त्यसैले बताईरहेकै छ । अहिले गभर्नरमाथिको प्रहार नेकपा एमालेले विभाग गठन गर्दाखेरी राखिएको एउटा नाममा जोडेर गभर्नरमाथि अट्याक भएको छ । त्यो यतिसाह्रो हल्लाखल्ला गर्नुपर्ने विषय हो र ? नेकपा एमालेको विभागमा कति सदस्य छन ? कुनै चासो छ, कसैले प्रश्न गरेको छ ?

गभर्नरको विषयमा जे प्रकारणको अट्याक भएको छ । त्यो अट्याक चाँही के कारणले भन्दाखेरी ब्ल्याक मनीलाई ह्वाईट मनी बनाउने योजना असफल भएपछि अट्याक भएको भन्ने कुरा तपाईहामीले बुझेनौ भने मुलुकको श्रीलंकाकरण हुने जोखिम जुन छ, त्यसलाई जोगाउन सक्छौं ? अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तिय संकट खडा गर्नेहरुको प्रोत्साहन हुनु भएको हो । जवकी पार्टीले भनि सकेको छ–गभर्नर एमाले विभागको सदस्य होइनन । उहाँ स्वयम्ले भनिसक्नु भएको छ–म विभागको सदस्य होइन । यो विषयमा बहस असान्दर्भिक छ ।’

महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उहाँ स्वमय्ले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक पटक दोहार्याउनुभयो ।