२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थको सम्झनामा भावुक बने करण



अ+ अ-

एजेन्सी । टेलिभिजन कलाकार एवं बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार हृदयाघातका कारण निधन भएको थियो । ४० वर्षकै उमेरमा उनको निधन भएपछि सबै स्तब्ध बनेका छन् । 

अहिलेसम्म पनि उनीप्रति फ्यान तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । हाल बिग बोस ओटीटी होस्ट गरिरहेका चलचित्र निर्माता तथा निर्देशक करण जोहरले पनि आइतबार शोमा सिद्धार्थप्रति समवेदना व्यक्त गरेका छन् ।

दिवंगत सिद्धार्थले करण जोहर जजको भूमिकामा रहेको रियालीटी शो ‘झलक दिख्ला जा’मा भाग लिएका थिए । त्यतिबेला करण सिद्धार्थबाट निकै प्रभावित बनेका थिए । लगत्तै, सिद्धार्थले करणकै चलचित्र ‘हम्पटी शर्मा कि दुलहनियाँ’ बाट बलिउडमा डेब्यू गरेका थिए । आइतबार सिद्धार्थलाई सम्झिँदै गर्दा करण निकै भावुक बने थिए ।

करणले आँसु रोक्दै भने, ‘सिड (सिद्धार्थ) एउटा असल छोरा, महान् मित्र थिए । उनको सकारात्मक सोच र मुस्कानले लाखौँको मन जित्न सफल भएको थियो । उनको लाखौँ फ्यान उनी कति चर्चित र मायालु थिए भन्ने प्रमाण हो ।'