११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

संघीय निर्वाचनमा पार्टीको सिट बढ्छः माधव नेपाल

संघीय निर्वाचनमा पार्टीको सिट बढ्छः माधव नेपाल
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउनु भयो । अध्यक्ष नेपालले ओलीले अहंता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि बाध्य भएर पार्टी निर्माण गर्न बाध्य भयौँ । २०७५ को जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । फेरि २०७५ फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माअ‍ोवादी केन्द्र छुट्टिए । यो फुटाउने काममा केपी ओलीजीले भुमिका खेल्नुभयो । त्यसको रहस्य एमालेलाई एकतावद्ध गराउने होला भन्ने आशा गरेका थियौँ । तर फागुन २८ गते एकलौटी बैठक बसेर केपी ओली पक्षका मान्छेको मात्रै उपस्थिति गराएर उकलौटी पार्टीको विधान संशोधन भयो । हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ । त्यसमा राजा महाराजाका गन्धहरु आए । त्यसपछि सबै साथीहरुले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ ।’

अध्यक्ष नेपालले गठबन्धको गीत बढी गाएका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको ठोकुवा गर्नुभयो । उहाँले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाच्ने बानीले पार्टीलाई नोक्शान पु¥याएको बताउनु भयो । अध्यक्ष नेपालले आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले चुनाव जित्ने ठाउँको संख्यामा वृद्धि मात्र नभइ चुनाव चिन्हको पनि प्रचार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको गीत हामीले बढी गायाँै । गठबन्धनको भरोसा धेरै ग¥यौं । अरुको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । अरुको सहारामा बाच्ने बानी पर्दो रहेछ । अरुको सहारामा बाच्ने मान्छेले केही गर्न सक्दैन । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनाँै । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । पार्टीको चिन्हको प्रचार हुन्थ्यो । कतिपय ठाउँमा उम्मेदवारी दिने आँट गरेनौँ, कतिपय ठाउँमा गठबन्धन नहुँदा सातो गयो । हामीले कलम चिन्हमा उठाएका उम्मेदवारहरु निर्वाचन आयोगको रेकर्डमा हुनुहुन्छ । समाुनपातिकमा २०÷२५ लाख मत प्राप्त ग¥यौं भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष निर्वाचनमा हाम्रो क्षमता बढ्छ ।’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने दाबीसमेत गर्नुभयो ।