काठमाडौं । सर्वोच्च अदालतमा बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको मुद्दा आज पुनः पेसीमा चढेको छ ।
सो मुद्दाको सुनुवाइ न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा हुने भएको हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २०७६ माघ २८ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै रिट दायर गरका थिए ।