काठमाडौं । एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमसीसीको विरोधमा उत्रने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
मध्यान्ह विरोध प्रदर्शन गर्ने क्रममा हरि गजुरेलसहित ६ जना अमेरिकी राजदूतावास अगाडिबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
गृहमन्त्रालयले विज्ञप्ती जारी गर्दै एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।











