१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका   छन् । आज बुधवार काठमाण्डौमा आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

श्रीलंकाको पूर्वक्रिकेटर समेत रहेका दासानायके गत मंसिरमा दोस्रोपटक नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । तर, पछिल्ला खेलमा नेपाली टोलीको खराब नतिजा आउने क्रम बढेसँगै उनी दबाबमा थिए ।

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । बंगलादेशमा आयोजित टी–२० विश्वकपमा नेपालले राम्रो स्थान बनाएको थियो ।

मुख्य प्रशिक्षकमा दोस्रो पटक नियुक्त भएको आठ महिनामै पुबुदुले व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । उनले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेको छ ।

पुबुदु पहिलो पटक सन् २०११ मा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए ।