६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी पत्राचारबारे अध्ययन भइरहेको छ– परराष्ट्र मन्त्रालय



अ+ अ-

काठमाडौँ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धमा पत्राचार गर्नेबारे अझै अध्ययन भइरहेको बताएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले एसपीपीअन्तर्गत केही सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएको भन्दै कहाँ र कसरी त्यस्ता सहयोग आए भन्नेबारे टुंगोमा पुगेर मात्र पत्राचार गरिने बतायो ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीका बारेमा अध्ययन भइरहेको उल्लेख गर्दै भन्नुभयो, “विपद् व्यवस्थापनलगायत के केमा सहयोग प्राप्त भएको हो त्यसको अध्ययन गरेर उपयुक्त समयमा पत्राचार गरिने छ ।”

सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कहिले हुने भन्नेबारे सुनिश्चित नभएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिला एउटा मितिमा कुरा भइरहेको भए पनि अब दुवै पक्षको सहमतिमा मितिको टुंगो लाग्नेछ ।

उहाँले संयुक्त राष्ट्रसंघको आगामी महासभाको बैठकमा नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको बताउनुभयो । महासभामा सहभागिता जनाउन मन्त्रिपरिषद्ले उच्च तहमा कुन व्यक्ति हुने भन्ने टुंगो लाग्ने उहाँले बताउनुभयो ।