२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी पत्राचारबारे अध्ययन भइरहेको छ– परराष्ट्र मन्त्रालय



अ+ अ-

काठमाडौँ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धमा पत्राचार गर्नेबारे अझै अध्ययन भइरहेको बताएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले एसपीपीअन्तर्गत केही सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएको भन्दै कहाँ र कसरी त्यस्ता सहयोग आए भन्नेबारे टुंगोमा पुगेर मात्र पत्राचार गरिने बतायो ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीका बारेमा अध्ययन भइरहेको उल्लेख गर्दै भन्नुभयो, “विपद् व्यवस्थापनलगायत के केमा सहयोग प्राप्त भएको हो त्यसको अध्ययन गरेर उपयुक्त समयमा पत्राचार गरिने छ ।”

सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कहिले हुने भन्नेबारे सुनिश्चित नभएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिला एउटा मितिमा कुरा भइरहेको भए पनि अब दुवै पक्षको सहमतिमा मितिको टुंगो लाग्नेछ ।

उहाँले संयुक्त राष्ट्रसंघको आगामी महासभाको बैठकमा नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको बताउनुभयो । महासभामा सहभागिता जनाउन मन्त्रिपरिषद्ले उच्च तहमा कुन व्यक्ति हुने भन्ने टुंगो लाग्ने उहाँले बताउनुभयो ।