१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको शून्य समयमा सांसदले के भने ?



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोल पदार्थ उत्खन्न गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गर्नुभएको छ ।

उहाँले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘कर्णाली प्रदेशको पेट्रोल उत्खन्नको काम कति भएको छ । सोको जानकारी सम्बन्धित मन्त्रालयले जानकारी दिनु आग्रह गर्दछु र उक्त कामलाई सरकारले प्राथमितामा राख्न आग्रह गर्दछु ।’

त्यस्तै सांसद नरबहादुर बिष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै बिरोध गर्नुभयो । उहाँले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चिता गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ काठमाडौं महानगर पालिकाको फुटपाथमा रहेका व्यापारीलाई लखेट्ने काम भइरहेको छ । त्यसलाई व्यवस्थित तरिकाले करको दायरामा ल्याएर व्यापार गर्न दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सडकपेटीमा व्यापार गर्ने व्यापारीहरुलाई पनि करको दायरामा ल्याएर उनीहरुलाई रोजीरोटीको सुनिश्चिता गर्न सरकारलाई आग्रह गछु ।’

त्यस्तै सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताउनु भयो । उहाँले स्थानीय,प्रदेश र संघीय तीनै तहमा बेरुजु बढ्दै गएपनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ अहिले देशमा रुजु र बेरुजुको कुरा चलिरहेको छ । बेरुजुले सबैतिर अहिले आक्रान्त बनाएको छ । हिसाब गर्नेहरुले कस्तो किसिमको लेखा प्रणाली अगाडी बढ्यो र बेरुजु बढ्यो भन्ने चर्चा बढ्न थालेको छ । बेरुजु स्थानीय,प्रदेश र संघीय सबै सरकारको उस्तै छ । बढ्दै गएको बेरुजुलाई व्यवस्थित गर्न राज्य किन पछाडि परेको छ ।

त्यस्तै सांसद सुरेशकुमार आलेमगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताउनु भयो । उहाँले एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो,‘एम अधिकारी खोटाङ नाम र ठाउँको चर्चा बढी रहेको छ । मलाई लाग्छ आज घरघरकी कहानी जस्तो भएको छ भने यो रहस्यमय पनि बनेको छ । एमालेमा कुनै मान्छे लाग्न पाउँछ ।गभर्नर हुन योग्यता क्षमताका आधारमा पाउँछ तर दुवै व्यक्ति दुईतिर हुन पाउँदैन । यो व्यक्ति कोहो हामी जान्न चाहन्छौ । नेपाली जनता जान्न चाहन्छन् । नेकपा एमालेले जानकारी दिनुपर्छ ।’ सांसद आलेमगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताउनु भयो ।




भर्खरै