११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

गठबन्धन तोड्न चाँदीको तरबार बनाइराख्नु पर्दैन, स्वार्थको टकरावबाट आफैं फुट्छः ओली

गठबन्धन तोड्न चाँदीको तरबार बनाइराख्नु पर्दैन, स्वार्थको टकरावबाट आफैं फुट्छः ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले कतिपयले सत्तारुढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताउनु भएको हो । बुधबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकतावद्ध हुन नसक्ने तर्क समेत गर्नु भयो । सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताउनु भयो । देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाई थियो ।

उहाँले भन्नु भयो, ‘सबभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ । त्यो अनेक हिसावले हामीलाई असफल बनाउने आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ । त्यसलाई हामीले मिल्काउनु पर्नेछ । कतिले भन्छन–यो गठबन्धन फौडौं । समयक्रममा गठबन्धन आफैं फुट्छ । स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकतावद्ध हुने सम्भावना नै हुँदैन । यो स्वार्थको खेल हो यिनीहरुको । उद्देश्यमा, गन्तव्यमा एकता होइन । स्वार्थको एकता हो यो । तसर्थ उनीहरुको स्वार्थको एकता स्वार्थको टकरावमा समाप्त हुन्छ । यो नियम हो । त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरुको यो एकता फोडनका लागि एकदम चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यक्ता छैन । यो एकता स्वार्थको टकरावबाट फुट्छ आफ्नै हिसावले ।’

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढने समेत बताउनु भयो । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरु इमानमा नरहने अवस्था अव नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उहाँले बताउनु भयो । ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराउनु भयो । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हा¥यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले भन्नु भयो, ‘हामी हाम्रा महान अभिभाराहरु पूरा गर्न हाम्रा अगाडिका गम्भिर चुनौतिहरुलाई पराजित गर्नका लागि नेकपा (एमाले) एक ढिक्का भएर उभिन्छ । एक ढिक्का भएर अगाडि जुध्दै तिनलाई पराजित गर्दै विजय हासिल गर्छ । यसमा हामी सबै प्रतिवद्ध छौ नि होईन ? इमान्दारिताका साथ लाग्छौं होइन ? हामी इमान्दारिताका साथ लाग्छौं । अस्तीको चुनावजस्तो कुनै पनि हालतमा हुन दिँदैनौं । यो हाम्रो संकल्प हो । हाम्रो प्रतिवद्धता हो । अस्तीको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरुले भनेजस्तो १०÷१५ वटा सिट ल्याएको छ । त्यहीँ पनि अर्काको भरमा ।

अर्कोको रुखबाट झरेको पात भेला गरेर डोकोमा हालेको छ अलिअलि । अनि त्यो अलिअलि डोकोमा हालेर एमालेको त वनै समाप्त हो भन्ने ? न आफ्नो विरुवा छ,न अरु छ । एमालेसँग अहिले हा¥यौै भन्दाखेरी पनि दोस्रो पार्टी सिटको हिसावले पनि एमाले नै होला । २०६ सिटमा एमाले नै जितेको होला नि । कसैले हात पेल्ने, कसैले पिँडुला टोक्ने, तिघ्रामा उफ्रिउफ्रि भम्टिने सबै गर्दा पनि काँग्रेस भन्दा एक लाख बढि मत एमालेले ल्याएको होला नि । अहिले विभिन्न खोजमेल, गोडमेल, पैँचौ, सापटी गर्दा पनि ३ प्रतिशत पु¥याउन नसक्नेले एमाले हा¥यो भनेर गरेको हल्लाको पछाडि परिरहनु जरुरी छैन ।’

ओलीले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीरमा हुन नदिने खतरा बढेर गएको आरोप लगाउनु भयो । आगामी मंसीर भित्र दुवै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएपनि त्यसलाई पर सार्ने खतरा सत्तारुढ दलहरुबाटै हुने उहाँको आशंका थियो । ओलीले संविधान अनुसार फागुनमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई पनि आफूहरुको प्रयासले मात्रै बैशाख अन्तिममा गराउन सम्भव भएको जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसको परिणाम आईसकेको छ । त्यस सम्बन्धमा विभिन्न भ्रान्त धारणाहरु र त्यसलाई आधार बनाएर भ्रान्त धारणाहरु फैल्याउन खोजिएको छ ।

यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अर्कातिर मंसीरमा संघीय संसदको लागि आम निर्वाचन र प्रदेशसभाहरुका लागि निर्वाचन हुनुपर्नेछ । यो निर्वाचन विभिन्न बहाना बनाएर परसार्ने खतरा छ । संविधानमाथिको थिचोमिचो, हामीले स्थानीय तहको निर्वाचनमा पनि देख्यौं । फागुनमा कानुन बमोजिम हुनुपर्ने निर्वाचन बैशाख अन्तिममा मात्रै भयो । अन्तिममा हुने स्थिति बन्यो । त्यो पनि नगर्ने, आगामी चैत्रमा मात्रै गर्ने भनेर गठबन्धनका नेताहरुले बोलिरहेका थिए, प्रयास गरिरहेका थिए । हाम्रो अगुवाईमा राष्ट्रिय प्रयासबाट ती असंवैधानिक सोच, क्रियाकलापविरुद्ध उठेको हुनाले त्यो सफल भएन । र, ढिलो गरेर भएपनि अन्तिम अवधि भित्रमा अर्थात बैशाख अन्तिममा स्थानीय निर्वाचन गर्नुप¥यो । ’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्ति समेत जनाउनु भयो ।