२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र प्रकाशको ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र प्रकाशको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।  आगामी भदौ १० गते प्रदर्शन मिति तोकेको फिल्म प्रकाशमा नायक प्रदीप खड्कासँगै नायिका दीया मास्केको मुख्य अभिनय छ ।

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोशन प्रश्तुत गरिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । ट्रेलर सार्वजनिकपछि सञ्चरकर्मीहरुसँग बोल्दै नायक प्रदीप खड्काले प्रकाश फिल्मसँगै आफ्नो कलाकारितामा नयाँ जन्म भएको बताउनु भयो । उहाँले फिल्म सफल भएपछिको दिनमा झनै काम गर्नको लागि प्रेरणा मिल्ने बताउनु भयो ।

त्यस्तै नायिका दीया मास्केले प्रकाश फिल्ममा सीताको भुमिका आफ्नो जीवनकै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले अहिलेसम्म गरेको पात्रमा सबैभन्दा राम्रो र चुनौतीको पात्र रहेको बताउनु भयो ।

फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक,दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेस श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।