५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन ३५७ जना कोरोना संक्रमित



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३२८ को परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले एक हजार ८२८ को पीसीआर परीक्षण गर्दा २६८ र एक हजार ५०० को एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

पछिल्लो संख्यासँगै कोरोना संक्रमितको संख्या एक हजार ९८२ पुगेको छ । यस अवधिमा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिले एक हजार ८६५ जना होम आइसोलेसन, ११७ संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

पछिल्लो संख्यासँगै नेपामा कुल कोरोना संक्रमितको संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।