१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको मुहार फेर्न राप्रपा’



अ+ अ-

सिन्धुली।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्न दाबी गर्नुभएको छ ।  

सो पार्टीले सनिवार सिन्धुलीमा गरेको आमसभामा उहाँले ठूला दलहरु एउटै सिक्काको दुई पाटा भएकाले कुनै फरक नभएको बताउनुभयो । “कुनै पनि पार्टी, नेताले १०÷१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ”, उहाँले भन्नुभयो ।

जनतालाई बुझाउन सके राप्रपाले देश बनाउने भन्दै एकपटक राप्रपालाई सहयोग गर्न उहाँले अपिल गर्नुभयो । “देशको उत्पादनले नधानेसम्म मुलकमा समृद्धि हासिल गर्न सकिन्न, देशमा उत्पादन भएको बिजुली देशमै खपत गरौँ, विद्युत् उत्पादनमूलक कार्यमा खपत गरे मुलुक आर्थिकरूपमा समृद्ध बन्छ”, उहाँको भनाइ थियो ।रासस