८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी गर्‍यो इजरेलमा टाउको पछाडिको भाग जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया !



अ+ अ-

बीबीसी । इजरेलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शरीर एक किसिमको दुर्लभ शल्यक्रिया गरेर छुट्याइएको छ।

टाउकोको पछाडिको भाग जोडिएकाले उनीहरू विपरीत दिशामा फर्केर बस्थे। शल्यक्रियापछि एकवर्षे ती शिशुले पहिलो पटक एकअर्कालाई देखेका हुन्।

बीरशीबास्थित एउटा अस्पतालमा उनीहरूको शरीर छुट्याउन गत साता १२ घण्टा शल्यक्रिया गरिएको बताइएको छ। त्यसका लागि महिनौँ तयारी गरिएको थियो। उनीहरू दुवैका लागि टाउकोको छाला ग्राफ्ट गरिएको थियो।

अस्पतालका शल्यक्रियाका लागि इजरेल तथा अन्यत्रका दर्जनौँ विशेषज्ञहरूको संलग्न भएका थिए। विश्वमा २० पटक मात्रै सम्पन्न गरिएको त्यस्तो शल्यक्रिया इजरेलमा पहिलो पटक गरिएको हो।

"उनीहरूले आफैँ सास फेरिरहेका छन् र खाँदै छन्," सोरोका मेडिकल सेन्टरको प्लास्टिक सर्जरी विभागका प्रमुख एल्डाड सिल्बरस्टाइनले इजरेलको च्यानल १२ न्यूजलाई भने।

शल्यक्रिया भन्दा महिनौँ अघि फुल्ने सिलिकन ब्यागहरू ती शिशुको टाउकोमा हालिएको थियो र छाला आवधिक रूपमा तन्काइएको थियो।

मस्तक पुनर्निर्माणपछि उनीहरूको टाउको जोड्न नयाँ छालाको उपयोग गरिएको थियो।

ती दिदीबहिनीको जन्म गत वर्ष अगस्टमा भएको हो। उनीहरूको जीवन सामान्य हुने अपेक्षा गरिएको छ।