• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री ★   टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने ★   विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल ★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो

यसरी गर्‍यो इजरेलमा टाउको पछाडिको भाग जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया !



बीबीसी । इजरेलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शरीर एक किसिमको दुर्लभ शल्यक्रिया गरेर छुट्याइएको छ।

टाउकोको पछाडिको भाग जोडिएकाले उनीहरू विपरीत दिशामा फर्केर बस्थे। शल्यक्रियापछि एकवर्षे ती शिशुले पहिलो पटक एकअर्कालाई देखेका हुन्।

बीरशीबास्थित एउटा अस्पतालमा उनीहरूको शरीर छुट्याउन गत साता १२ घण्टा शल्यक्रिया गरिएको बताइएको छ। त्यसका लागि महिनौँ तयारी गरिएको थियो। उनीहरू दुवैका लागि टाउकोको छाला ग्राफ्ट गरिएको थियो।

अस्पतालका शल्यक्रियाका लागि इजरेल तथा अन्यत्रका दर्जनौँ विशेषज्ञहरूको संलग्न भएका थिए। विश्वमा २० पटक मात्रै सम्पन्न गरिएको त्यस्तो शल्यक्रिया इजरेलमा पहिलो पटक गरिएको हो।

"उनीहरूले आफैँ सास फेरिरहेका छन् र खाँदै छन्," सोरोका मेडिकल सेन्टरको प्लास्टिक सर्जरी विभागका प्रमुख एल्डाड सिल्बरस्टाइनले इजरेलको च्यानल १२ न्यूजलाई भने।

शल्यक्रिया भन्दा महिनौँ अघि फुल्ने सिलिकन ब्यागहरू ती शिशुको टाउकोमा हालिएको थियो र छाला आवधिक रूपमा तन्काइएको थियो।

मस्तक पुनर्निर्माणपछि उनीहरूको टाउको जोड्न नयाँ छालाको उपयोग गरिएको थियो।

ती दिदीबहिनीको जन्म गत वर्ष अगस्टमा भएको हो। उनीहरूको जीवन सामान्य हुने अपेक्षा गरिएको छ।