• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

फिल्म राधाको ‘पाउमा पाउजु’ सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम बीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो ।

गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन् । सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतिक्षामा रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले फिल्म निर्माण कर्ताको रुपमा प्रवेश गर्नुभएका नायक सौगात मल्ललाई शुभकामना दिनुभयो । त्यस्तै गायक कालीप्रसाद बाँस्कोटाले तिजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुशी लागेको बताउनु भयो । त्यस्तै गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैँले लेख्ने गरेको भएपनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुशी लागेको बताउनु भयो ।

त्यस्तै, नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कमब्याक गर्नको लागि यो फिल्मले भुमिका दिएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै नायक सौगात मल्लले गीत हेरेर राम्रो लागेको बताउनु भयो । उहाँले फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको बताउनु भयो । त्यस्तै नायिका श्रृष्टी श्रेष्ठले फिल्ममा काम गर्ने अवसर पाएकोमा खुशी लागेको बताउनु भयो । त्यस्तै नायक निश्चल बस्नेतले राधा फिल्म राम्रो बनेर आउने विश्वास व्यक्त गर्दै निर्माण क्षेत्रमा काम शुरु गरेकोमा नायक मल्ललाई शुभकामना व्यक्त गर्नुभयो ।

सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा श्रृष्टीसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भुमिका छ । फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रम दास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेका लागि प्रदर्शनीको मिति तोकिएको छ ।