२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् ।

सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भन्नुभयो,“काठमाडौँमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौँवासीले फोहरसँगै पौठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने हो ?” फोहरको वर्गीकरण गर्नसक्ने हेटौँडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उहाँको सुझाव थियो ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशीता लागू हुन नसकेको टिप्पणी गर्दै सङ्घीयता कार्यान्वयनमा जोड दिनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला नगरौँ भन्नुभयो ।

नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले व्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महँगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले भन्नुभयो, “राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी ? ।” नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दलहरुले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिनुपर्ने माग गर्नुभयो ।