काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ‘घरको बाघ र वनको स्याल’को संज्ञा दिएका छन् ।
महाकाली नदी पार गर्दै गर्दा भारतीय सुक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीका पक्षमा सरकारले बोल्न नसकेको भन्दै यस्तो कटाक्ष गरेका हुन् ।
सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपाल सरकारले यसरी झारिएर मारिए भन्ने जानकारी किन दिन सकेन ? नागरिक मारिँदा पनि चुइँक्क बोल्न सक्दैन । यस्तालाई भन्छन घरका बाघ, वनका स्याल ।’