१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

आगामी दुई वर्षमा भूमिसँग सम्बन्धि सबै समस्या समाधान हुन्छः मन्त्री श्रेष्ठ

आगामी दुई वर्षमा भूमिसँग सम्बन्धि सबै समस्या समाधान हुन्छः मन्त्री श्रेष्ठ
file
अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धि सम्पूर्ण समस्या समाधान हुने बताउनुभएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमीनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेको दाबी गर्नुभयो ।  उहाँले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिव ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधनश्रोत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताउनु भयो । उहाँले सरकार विकास तथा सिमान्तकृत, पिछडीएको वर्गको हीतलाई ध्यानमा राखि वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरुप अघि बढीरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘करिव दुई दशक अघिसम्म नेपालका केही स्थानमा कमैया, हलिया, कमलरी, हरुवाचरुवा लगायत विभिन्न नामले चिनिने कमैया श्रमीक राख्ने कुप्रथाकायम थियो । राज्यको उद्देश्य नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक, तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोककल्याण्कारी राज्य स्थापना गर्ने नै हो । सोही अनुरुप हामी समाजमा विद्यमान धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनैपनि आधारमा हुने सबै प्रकारका विभेद शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामुलक समाज निर्माण गर्ने दिशामा अघि बढेका छौँ । वर्तमान सरकार उपलब्ध साधनश्रोत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्दै विकास तथा सिमान्तकृत, पिछडीएको वर्गको हीतलाई ध्यानमा राखि वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरुप अघि बढीरहेको छ । मुक्त कमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमीनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेका छौँ । यसलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिव ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेका छौँ । आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्ने लक्ष्य सरकारको छ ।’

मन्त्री श्रेष्ठले राज्यको उद्देश्य नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोककल्याण्कारी राज्य स्थापना गर्ने रहेको पनि बताउनु भयो ।