३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका संकट : राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकाल लगाएपछि प्रदर्शनकारीहरू कोलम्बोबाट बाहिर निस्कन थाले



अ+ अ-

कोलम्बो । रनिल विक्रमासिंघेले शुक्रबार देशको कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै संकटकाल घोषणा गरेका छन् । सरकारले जारी गरेको सूचनामा यस्तो जानकारी दिइएको हो ।

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि विक्रमासिंघेले देशको कार्यवाहक राष्ट्रपतिको रुपमा सपथ लिएका थिए । जनताले ठूलो मात्रामा विरोध गर्दै आएका छन् र अहिले सयौं दिन पुगेको छ ।

आर्थिक संकट जारी छ र यसलाई कसरी समाधान गर्ने हो कसैले बुझ्न सकेको छैन । आइतबार आपत्कालीन सूचना जारी गरिएको हो ।

किन लगाइयो संकटकाल ?

राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा ‘जनताको हित, सुरक्षा, कानूनको संरक्षण, आपूर्तिको मर्मत सम्भार र सबैको जीवनयापनका लागि आवश्यक सेवाको निरन्तरतालाई ध्यानमा राखेर यो निर्णय गरिएको’ उल्लेख छ ।

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले देशलाई आर्थिक संकटबाट जोगाउन आफूले सबै प्रयास गरेको बताएका छन् । उनी पहिले देशबाट भागेर माल्दिभ्स गए र अहिले सिंगापुरमा छन् जहाँ उनलाई १५ दिन मात्र दिइएको छ ।

श्रीलंकाको संसद्ले शुक्रबार राजपाक्षेको राजीनामा स्वीकृत गरेको छ । देशका विभिन्न भागमा प्रदर्शन भइरहेका बेला कोलम्बोमा राजापाक्षेको बिदाइपछि भीड घट्दै गएको छ ।

प्रदर्शनकारीहरुले राष्ट्रपति भवन, प्रधानमन्त्रीको आधिकारिक टेम्पल ट्रीज निवास र उनको कार्यालय गरी तीनवटा महत्वपूर्ण भवन खाली गरेका छन् । विक्रमासिंघेले सेनालाई प्रदर्शनकारीसँग कडाइका साथ व्यवहार गर्न निर्देशन दिएका छन् ।

रक्षा अधिकारीहरुका अनुसार सुरक्षा व्यवस्थालाई कायम राख्न कोलम्बोमा थप सैनिक र प्रहरीहरु पठाइएको छ । मुलुकमा जुलाई २० अर्थात यही साउन ४ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ र विक्रमासिंघेले नै यो पद पाउने विश्वास गरिएको छ ।

किन अवस्था यति नराम्रो भयो ?

श्रीलंकाको अवस्था रातारात बिग्रिएको होइन । सन् २०१९ मा राजापाक्षे देशको राष्ट्रपति बनेपछि उनको नीतिमाथि प्रश्न उठ्न थाल्यो । यसपछि कोभिड–१९ को महामारी सुरु भएपछि स्थिति झन् बिग्रियो । पर्यटनमा आधारित अर्थतन्त्र ध्वस्त हुन थाल्यो र बिस्तारै सबै समाप्त भयो।

जनता रोटीको लागि तृष्णा गर्न थाले र सडकमा आउन बाध्य भए। ऋणले डुबेको यो देशले खाद्यान्न, इन्धन र औषधिसमेत तिर्न नसक्ने संकटमा छ ।

श्रीलंका सहयोगका लागि भारत, चीन र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा पूर्णरूपमा निर्भर छ। इन्धन र खाना पकाउने ग्यासका लागि मानिसहरु घण्टौँ लाइनमा बस्नुपरेको छ ।

हेर्दा हेर्दै सरकारको दायित्व बढेर ५१ अर्ब डलरको भएको छ । ऋणको ब्याज तिर्न पनि श्रीलंका असहाय बन्यो ।

देशको अर्थ मन्त्रालयले श्रीलंकासँग २ करोड ५० लाख अमेरिकी डलर मात्रै विदेशी सञ्चिति रहेको र आगामी ६ महिनासम्म देश चलाउन ६ अर्ब डलर आवश्यक पर्ने बताएको छ । जसका कारण देश गरिबीको चुलीमै पुगेको छ ।

एजेन्सीको सहयोगमा