२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँग गृहमन्त्री र कानूनमन्त्रीको भेट



अ+ अ-

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान गृहमन्त्री बालकृष्ण खाण र कानूनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गर्नुभएको छ ।

भारतको तीनदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका माओवादी अध्यक्ष प्रचण्डसँग उहाँकै निवास खुमलटारमा दुई मन्त्रीले भेट गर्नुभएको हो । भेटमा दुवै मन्त्रीले अध्यक्ष प्रचण्डसँग नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा माओवादी नेताहरु देव गुरुङ, वर्षमान पुन र शक्ति बस्नेतको पनि सहभागिता थियो ।

गृहमन्त्री खाणको सचिवालयका अनुसार मन्त्री खाँणले सरकारले संसद्मा प्रस्तुत गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलगायत अन्य विधेयकहरुबारे कुराकानी भएको थियो । ती विधेयक तथा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा संसद्मा सत्ता साझेदार दलहरुबीच एउटै धारणा बनाएर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।