५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीसँग भेट भएन भनेर टेन्सन छैन–प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए तापनि भेट भने हुन सकेन ।

तीन दिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग के कारणले भेट हुन नसकेको भन्ने आफूलाई पनि थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ आज १ बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो, १ बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने कुरा तपाईंहरू जस्तै मलाई पनि थाहा छैन ।’

उहाँले भेट हुन नसके पनि आफूलाई कुनै तनाव नभएको जिकिर गर्दै भन्नुभयो– ‘मलाई भेट भएन भनेर टेन्सन पनि भएको छैन । भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्योभन्दा बढी हुँदैनथ्यो ।’ उहाँले भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने अनुमान व्यक्त गर्नुभयोे ।

प्रचण्डले मोदीसँग भेट नभए पनि भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री, भारतीय जनता पार्टीका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको दाबी गर्नुभयो । नेपाल समाचारपत्र