२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीसँग भेट भएन भनेर टेन्सन छैन–प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए तापनि भेट भने हुन सकेन ।

तीन दिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग के कारणले भेट हुन नसकेको भन्ने आफूलाई पनि थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ आज १ बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो, १ बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने कुरा तपाईंहरू जस्तै मलाई पनि थाहा छैन ।’

उहाँले भेट हुन नसके पनि आफूलाई कुनै तनाव नभएको जिकिर गर्दै भन्नुभयो– ‘मलाई भेट भएन भनेर टेन्सन पनि भएको छैन । भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्योभन्दा बढी हुँदैनथ्यो ।’ उहाँले भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने अनुमान व्यक्त गर्नुभयोे ।

प्रचण्डले मोदीसँग भेट नभए पनि भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री, भारतीय जनता पार्टीका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको दाबी गर्नुभयो । नेपाल समाचारपत्र