१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनगणना कार्यतालिका स्वीकृत, कात्तिक २५ देखि मंसिर ९ सम्म हुने



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिकालाई स्वीकृत गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । 

अब जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ ।