• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ



प्रतीकात्मक तस्बिर

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आइतबार रु ३० हजार घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घूस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारको प्रारम्भिक जानकारीअनुसार घूससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका थिए ।

अख्तियारले उक्त विषयमा गहन अनुसन्धान पनि अघि बढाएको छ ।