२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमण अपेक्षानुसार सफल भयोः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताउनुभएको छ । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताउनु भयो ।

अध्यक्ष दाहालले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरुसँग भेट भएको बताउनु भयो । भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेको बताउनु भयो । उहाँले सरकारी र पार्टीका पदाधिकारीसँग भेट भयो । अपेक्षानुसार भ्रमण सफल भएको छ । कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ । न्यानो स्वागत भयो । नेपालीहरुमा पनि धेरै चासो र उत्सुकता देखियो । पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा अहिले फरक लागेन । त्यस्तै सुरक्षा दिनुभयो । विनयमोहन क्वात्रासँग फलदायी छलफल भयो । भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको बताउनु भयो । अध्यक्ष दाहालले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलयितमा दिने बारेमा पनि चर्चा भएको बताउनु भयो ।

उहाँले भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताउनु भयो । भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गरी सम्बन्ध बिस्तार गर्ने बारेमा प्रश्ताव राखेको र आफूले उक्त प्रश्ताव स्वीकारेको बताउनु भयो । उहाँले यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो पटकको भ्रमणलाई जसरी मिडियाले कभ्रेज गरेको थियो राम्रो थियो भारतमा पनि राम्रो थियो । आरजू राणासँग दुतावासमा भेट भयो । उपचारको कामना गरेँ । अरु केही भएको थिएन । भारतका विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भयो । संविधान घोषणाका बेला त्यत्ति राम्रो थिएन । अहिले राम्रो कुराकानी भयो सबै पक्षमा । वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो । खुला कुराकानी भयो । राम्रो कुराकानी भयो । थिङ ट्याङको कार्यक्रम थियो ।

सीमा सम्बन्धी समस्या, डुबानका समस्या, व्यापार घाटाका समस्याका कुराहरु भए । रुसबाट क्रुड वेल सस्तोमा आउँछ अब नेपाललाई राहत दिनुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ । भन्ने कुरा भयो । खाद्यान्नका, डुबानका विषयमा कुरा भए । म धेरै आशावादी भएर आएको छु । हामीले गरिरहेका कुराहरु केही सहज हुन्छ भन्ने लागेको छ । हामीले पनि उहाँहरुका पार्टीका नेताहरुलाई बोलाओस् भन्ने प्रश्ताव छ । मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन । यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ । तत्काल देखिएका केही समस्याहरु पनि समाधानमा आउनेछ । यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु ।’

अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो । भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली काँग्रेस नेतृ आरजु राणासँगको भेट स्वास्थ्य उपचारको कामना गर्न दुतावासमा भएको अध्यक्ष दाहालले बताउनु भयो । त्यस्तै अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको र त्यसको कारण पत्ता नलागेको बताउनु भयो ।

उहाँले मोदीको कार्य व्यस्तता एवं आफूसँग गर्नुपर्ने कुरा पार्टी अध्यक्ष नड्डासँग भइसकेको कारण पनि भेट नभएको हुनसक्ने बताउनु भयो । अध्यक्ष दाहाललाई स्वागत गर्न विमानस्थलमा उर्जा, जलश्रोत तथा, सिंचाईमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए ।