• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

गभर्नर बिरुद्ध सत्तारुढ बिद्यार्थी संगठन सडकमा (फोटो/भिडियो)



काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन् ।

आईतवार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा बिरोध प्रदर्शन गरेको हो । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि गभर्नरबिरुद्ध आन्दोलन भएको हो । सरकारलाई दबाब दिएर गभर्नरको राजीनामा माग गर्न विद्यार्थीहरुले प्रदर्शन शुरु गरेका छन् ।

बिरोध प्रदर्शनमा बोल्दै अहिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको बताउनु भयो । उहाँले गभर्नरको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

राज्यको शक्तिको दुरुपयोग गरेर नेकपा एमालेले अहिलेपनि काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले ऐनलाई छलेर एमालेले अर्थतन्त्रको नेतृत्व गर्न दिएको भन्दै राजीनामा आउनुपर्ने माग गर्नुभयो । उहाँले नेकपा एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताउनु भयो । उहाँले डमीको रुपमा ल्याउन लागिएका एम अधिकारी स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

बिरोध प्रदर्शनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले २४ घण्टाभित्र राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

अध्यक्ष शेर्पाले आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।