९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘के दुई व्यक्ति साथी हुन सक्दैनन्, के तिनीहरू बीच जादू हुन सक्दैन ?’



अ+ अ-

एजेन्सी । केही दिनयता बलिउड अभिनेत्री सुस्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदीबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ ।

विगतमा ललित अभिनेत्रीसँग रिलेशनशिपमा रहेको खबर आएपछि मानिसहरुको विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । यसैबीच अहिले ललित मोदीले आफैंले यस विषयमा आफ्नो धारणा राखेका छन् । ललित मोदीले इन्स्टाग्राममा लामो पोस्ट सेयर गर्दै आफ्नो बारेमा चलिरहेको फेक न्यूजमा प्रतिक्रिया दिएका हुन् । साथै, उनले आफूलाई ट्रोल बनाइएकोमा आक्रोश पोखेका छन् ।

इन्स्टाग्राममा सेयर गरिएको पोस्टमा मोदीले लेखेका छन्, ‘मिडिया मलाई ट्रोल गर्नमा किन उत्तेजित छ ? मलाई गलत रूपमा ट्याग गरिएको देखिन्छ । मलाई लाग्छ कि हामी अझै मध्य युगमा बाँचिरहेका छौं । के दुई व्यक्ति साथी हुन सक्दैनन् र ? केमेस्ट्री सही छ र समय राम्रो छ भने जादू हुन सक्छ । मेरो सल्लाह बाँच्नुहोस् र अरूलाई बाँच्न दिनुहोस् ।

बिहीबार ललित मोदीले ट्विटरमा एक पोस्ट सेयर गर्दै पूर्व मिस युनिभर्स सुस्मिता सेनसँगको आफ्नो सम्बन्धको घोषणा गरेका थिए । ट्वीट गर्दै उनले अभिनेत्रीलाई बेटर हाफ भने, त्यसपछि दुवैले विवाह गरेको खबर बाहिर आउन थाल्यो । तर, उनको ट्वीटको केही मिनेटपछि ललित मोदीले विवाह नभएको स्पष्ट पारेका छन् । अहिले दुबै एकअर्कालाई डेट गरिरहेका छन् । छिट्टै बिहे हुन सक्ने अनुमान गरिएको छ ।