२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलविद्युत् प्रवद्र्धनका लागि भारतीय लगानीकर्तालाई आह्वान



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवद्र्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभएको छ ।

तीनदिने भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उहाँले भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै गरेको अवस्थामा विद्युतीय ऊर्जाको माग बढी रहेको बताउनुभयो । ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्यमार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै उहाँले ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण हुने बताउनुभयो ।

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उहाँले सोही आधारमा दीर्घकालीन रुपमा जलविद्युत्को विकास गरिने बताउनुभयो । नयाँ प्रसारण लाइनमार्फत अन्दरदेशीय प्रशारण लाइनको सवलीकरण गरिएको र यसबाट दुई देशबीचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको उहाँले बताउनुभयो ।

“नेपालबाट ३६० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रुपमा विस्तार गर्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल–भारतबीच भएको पछिल्लो समझदारीका आधारमा बङ्गलादेश, भूटान, भारत र नेपाल सम्मिलित ९बिबिआइएन० मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रसस्त भएको छ ।”