१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर



अ+ अ-

काठमाडौं । करणीको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ।

शाहविरुद्ध जवर्जस्ती करणीको आरोप लगाउँदै एक नाबालिग किशोरीले तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो । 

तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित–मौखिक दुबै अनुरोध पठाएको अपराध महाशाखाले जनाएको छ ।