३ असार २०८३, बुधबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य गिरावट पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड लुम्बिनीको बजेटः खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित सिंहदरबारमा रास्वपा सभापति लामिछाने र मधेस प्रदेश सांसदबिच अधिवेशनबारे छलफल विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतबीचको सन् १९५० को सन्धी पुनरावलोकन गरिनुपर्छः प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ ।

भारत भ्रमणमा रहनु भएका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धीको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताउनु भएको हो । त्यस अवसरमा उहाँले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने बताउनु भयो ।

अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पार्नु भयो ।

सत्तारुढ भारतीय जनता पार्टीको नियन्त्रणमा अध्यक्ष दाहाल भारत भ्रमणमा जानु भएको हो । यस क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले आजै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसक्नु भएको छ ।