२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले यी पाँच जिल्लाको वडा अधिवेशन आज गर्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत आज पाँच जिल्लामा वडा अधिवेशन गर्ने भएको छ ।  

कांग्रेसले मंगलबार गुल्मी, रोल्पा, प्यूठान, कालिकोट र दार्चुला गरेर ५ जिल्लाको वडा अधिवेशन गर्न लागेको हो । 

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार हालसम्म ४९ जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ ।

भोलि (बुधबार) २ जिल्लामा वडा अधिवेशन भएपश्चात ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न हुनेछ । 

“क्रियाशील सूची प्राप्त भएका ५६ जिल्लाको वडा अधिवेशन भोलीसम्म सम्पन्न हुन्छ,”उनले भने, “बाँकी २१ जिल्लाको चाहिँ पार्टीले क्रियाशीलको अन्तिम नामावली प्रकाशन गरेपश्चात् हुन्छ ।” 

१४ औं महाधिवेशन अन्तर्गत सोमबार ११ जिल्लामा अधिवेशन भएको थियो । १८ भदौंबाट कांग्रेसको वडा अधिवेशन शुरु भएको हो ।