५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नेछुः नवनिर्वाचित उपसभामुख भुसाल



अ+ अ-

काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको छ ।

शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको हो । उहाँले संविधानको कार्यान्वयनका लागि आफ्नो भुमिका रहने उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रिय राजनीतिको विविध आयामहरुलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भुमिका खेल्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘संवैधानिक पद भएको हुनाले निश्चय नै पहिलो काम अहिलेको सदनले जुन किसिमले उपसभामुखमा निर्वाचित गरायो । त्यसप्रति म आभार व्यक्त पनि गर्न चाहन्छु । मलाई लाग्छ, निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरु थपिएको छ । दायित्वहरु थपिएको छ ।

संविधानको कार्यान्वयनको लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरुलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउनको लागि, मुलुकको आर्थिक समृद्धिको लागि । र मलाई के लाग्छ भने सदनमा एउटा तटस्थताको भुमिकालाई निर्वाह गर्नको लागि जुन जिम्मेवारी थपिएको छ । त्यसलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु भन्नेकुरामा म दृढ छु ।’

उपसभामुख भुसालले संवैधानिक परिषद्मा समन्वयकारी भुमिका खेल्ने बताउनु भयो । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘संविधानले संवैधानिक परिषद्लाई एउटा प्रमुख अंगको रुपमा मान्यता दिएको छ । संविधानको जुन स्प्रिट हो, जुन भावना हो, संवैधानिक परिषद्ले जुन काम, कर्तव्यहरु निर्वाह गर्नुपर्छ, त्यो अनुसार संवैधानिक परिषद्मा सबैको उपस्थिति पनि छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको उपस्थिति पनि रहेको छ । त्यो उपस्थितिको माग बमोजिम नै उपसभामुखलाई संवैधानिक परिषद्को एउटा सदस्यको रुपमा राखिएको छ । जुन अपेक्षा संविधानले संवैधानिक परिषद्सँग गरेको छ । त्यसमा आफ्नो भुमिका निर्वाह गर्नका लागि मैले इमान्दारीपूर्वक नै प्रभावकारी ढंगबाटै समन्वयकारी भुमिकाको रुपमा मैले आफ्नो भुमिका निर्वाह गर्नेछु ।’

उहाँले आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरु स्थगित गरेको पनि बताउनु भयो ।