२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भेटेन ‘सर्वोत्कृष्ट कर्मचारी’, ४० कर्मचारीले पुरस्कार पाउँदै



अ+ अ-

काठमाडौं । सरकारले यो बर्ष ३० जनालाई १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिद् बैठकले निजामती सेवा दिवसको अवसर पारेर ४० जना कर्मचारीलाई पुरस्कार दिने निर्णय गरेको हो । 

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृतदेखी सर्वोच्च अदालतका सह(रजिस्टारसम्म रहेका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, सर्वोच्च अदालतका सह–रजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेती, अख्तियारका सहसचिव राजेन्द्रकुमार केसी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम, स्वास्थ्य सेवा विभागका निर्देशक डा। भीमसिंह तिंकरी छन् ।

त्यस्तै महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षक कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापन तथा अभिलेख विभागकी निर्देकश सुमना अर्याल वाग्ले र महिला तथा वालवालिका विभागकी नायव सुब्बा कमला ढकाल काफ्ले पनि उत्कृष्ठ निजामती सेवा पुरस्कारका लागि छनोट भएकी छन् ।

निजामती सेवा पुरस्कारका लागि भने ४ जना सहसचिव, ८ जना उपसचिव तहका कर्मचारी छनोट भएका छन् । ११ जना शाखा अधिकृत, ५ जना नायव सुब्बा र दुई जना कार्यालय सहयोगीले पनि निजामती सेवा पुरस्कार पाउँदैछन् ।