९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललित मोदीसँग रिलेशनसिपमा छिन् अ‍भिनेत्री सुष्मिता



अ+ अ-

एजेन्सी । अभिनेत्री सुस्मिता सेन अहिले आईपीएलका संस्थापक तथा व्यापारी ललित मोदीलाई डेट गरिरहेकी छिन् । व्यवसायी ललित स्वयंले केहि तस्बिरहरु सहित यो कुराको घोषणा गरेका छन् ।

दुवैले विदेशमा बिहे गरेको खबर पनि आएको थियो तर ललितले ट्वीटरमा दुबै जना अहिले डेटिङमा मात्रै रहेको तर बिहे पनि गर्न सक्ने बताएका छन् ।

सुष्मिताको ६ महिनाअघि मोडल रोहमन शालसँग ब्रेकअप भएको थियो, यस्तो अवस्थामा उनी अचानक अर्को सम्बन्धमा प्रवेश भएपछि फ्यान पनि अचम्ममा परेका छन् ।

यिनै सुष्मिता हुन् जसको नाम ललित मोदीभन्दा पहिले रणदीप हुड्डा, विक्रम भट्टजस्ता ११ जनासँग जोडिएको थियो । यसअघि पनि सुस्मिताले आफ्नो लभ लाइफलगायत जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू लिएर मानिसहरूलाई चकित गरिसकेकी छिन् ।