५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

३९ वर्षदेखि अचेत फ्रान्सेली फुटबल खेलाडीको मृत्यु

३९ वर्षदेखि अचेत फ्रान्सेली फुटबल खेलाडीको मृत्यु
अ+ अ-

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जीन पिएर आडम्सको ७३ वर्षको उमेरमा मृत्यु भएको छ। उनको ३९ वर्ष लामो कोमापछि मृत्यु भएको हो । 

शिक्षणका क्रममा घाइते भएका आडम्सको शल्यक्रियाको दिन अस्पतालका धेरै कर्मचारीहरू हडतालमा थिए।

उनको शल्यक्रिया त भयो तर एनस्थीजीया दिन खटिएका एक चिकित्सकले आठजना बिरामी हेर्नुपर्ने अवस्था आइपरेको थियो।

ती चिकित्सकले एक प्रशिक्षार्थी चिकित्सकको सहायता लिए। ती प्रशिक्षार्थी चिकित्सकले पछि 'आफूलाई दिइएको जिम्मेवारी वहन गर्न नसक्ने अवस्थामा भएको' बताएका थिए।

एनस्थीजीया दिने चिकित्सक र प्रशिक्षार्थी चिकित्सकका केही गल्तीका कारण आडम्सलाई हृदयाघात भयो र उनको मस्तिष्कमा पनि असर गर्‍यो।

सन् १९८२ को मार्चमा घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका आडम्स अचेत बनाउन प्रयोग गरिने औषधिको मात्रा नमिलेकाले त्यसपछि कहिल्यै चेतनामा आएनन्।

सेनगलमा जन्मिएका उनले नीस र पीएसजी क्लबका लागि रक्षकका भूमिकामा १४० भन्दा बढी खेल खेलेका थिए। दुवै क्लबले उनको मृत्युपछि वक्तव्य जारी गरेका छन्।

आडम्सले फ्रान्सका लागि सन् १९७२ देखि १९७६ सम्म २२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए।उनले नीम क्लबका लागि ८४ वटा खेल खेलेका थिए। उक्त क्लबले पनि वक्तव्यमा प्रकाशित गरेर शोक प्रकट गरेको छ।

सन् १९९० को दशकको मध्यतिर दुवै चिकित्सकलाई सो गल्तीका लागि एक महिनाको निलम्बन र ७५० यूरो जरिवानाको सजाय दिइएको थियो।