२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डको रहस्य यसरी सुल्झाउँदैछ

वैज्ञानिकहरुले बताइरहेका छन् यी तस्विरहरूबाट हामीले के सिक्न सक्छौँ

जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डको रहस्य यसरी सुल्झाउँदैछ
अ अ+ अ-

नासाको जेम्स वेब टेलिस्कोपको पहिलो तस्बिर ऐतिहासिक मात्र होइन, यसमा धेरै वैज्ञानिक पक्ष पनि छन् । आउनुहोस् जानौँ वैज्ञानिकहरूका अनुसार यी तस्विरहरूबाट हामीले के सिक्न सक्छौं ?

ताराहरुको सानदार नर्सरी

नासाले सार्वजनिक गरेको तस्विरमा यसलाई सबैभन्दा सुन्दर मानिएको छ । यसमा क्यारिना नेबुलामा जन्मेका ताराहरूलाई कैद गरिएको छ।

वेब टेलिस्कोपले पहिलो पटक ताराहरूको जन्म भएको ‘अदृश्य ठाउँ’ कैद गरेको छ। यसले हामीलाई किन ताराहरू केही ठोस वजनका साथ जन्मिन्छन् भन्ने बताउँछ।

​यी चुचुराहरू तस्बिरहरूमा साना देखिन सक्छन्, तर तीमध्ये सबैभन्दा अग्लोको उचाइ सात प्रकाश वर्ष बराबर छ। यो पहेँलो संरचना हाइड्रो–कार्बनको विशाल कणहरु मिलेर बनेको छ।

ताराहरूको मृत्यु

अन्तरिक्ष वैज्ञानिकहरूले नेबुलाको बारेमा थप जानकारी संकलन गर्न वेब टेलिस्कोप प्रयोग गर्नेछन्। नेबुला अन्तरिक्षमा धूलो र ग्यासको बादल हो।

नेबुलाले लाखौँ वर्षदेखि चारैतिरबाट ग्याँस र धुलोका बादलहरू छोड्दै आएको छ। एक पटक तिनीहरू अन्तरिक्षमा फैलिएपछि नयाँ ताराहरू जन्मिने अवस्थाहरू सिर्जना हुन्छन्।

यहाँ हामी दक्षिणी रिंग नेबुला देख्न सक्छौं। यसमा मरेका ताराहरू (केन्द्र) ग्यास र धुलोको घेरा छोडेको देख्न सकिन्छ। यस्तो स्पष्ट तस्विर लिइएको यो पहिलो पटक हो ।

​नृत्य गर्दै आकाशगंगाहरु

यस तस्विरमा स्टीफन क्विन्टेट अर्थात् पाँचवटा आकाशगंगालाई ‘डान्सिङ पोज’मा देख्न सकिन्छ। यी २९ करोड प्रकाश वर्ष टाढा छन्। वेब टेलिस्कोपले धुलो र ग्यासको बादलभन्दा बाहिर हेर्न सक्ने क्षमताको कारणले यो तस्विर लिन सक्षम थियो।

अन्तरिक्ष वैज्ञानिक जोन माथर भन्छन्, “यसको अध्ययनबाट हामीले आकाशगंगाहरू कसरी एकआपसमा टकराउँछन् र एकअर्कामा मर्ज हुन्छन् भनेर बुझ्न सक्छौँ।”

अन्तरिक्षको गहिराई

यो अन्तरिक्षको यस्तो तस्विर हो, जुन सबैभन्दा गहिरो र टाढा छ। यस्तो तस्विर पहिले देखिएको थिएन ।

रातो जस्तो देखिने यी वृत्तहरू १३ अर्ब प्रकाश वर्षसम्म यात्रा गर्ने प्रकाशका किरणहरू हुन्।

सबै गोलाकार सेतो पदार्थ SMACS 0723 भनिने आकाशगंगाहरूको समूहको भाग हो। यो पहिलो पटक चार अर्ब ६० करोड वर्ष पहिले देखा पर्‍यो। सूर्यको जन्म त्यही समयमा भएको मानिन्छ ।

जेम्स वेब टेलिस्कोपलाई यो तस्बिर खिच्न साढे १२ घण्टा लाग्यो।

जेम्स वेब टेलिस्कोप बारेमा जानौँ

प्राथमिक लेन्सको व्यास ६.५ मिटर छ।  माध्यमिक लेन्सको व्यास ०.७४ मिटर हुन्छ। यो टेलिस्कोप गत वर्ष डिसेम्बरमा लन्च गरिएको थियो।
यो पृथ्वीबाट १५ लाख किलोमिटर टाढाको कक्षमा सूर्यको वरिपरि घुमिरहेको छ।

जीवन भएका ग्रहहरूको खोजी जारी

यस टेलिस्कोपको प्रारम्भिक महत्त्वपूर्ण उद्देश्य यी तस्विरहरू लिनु मात्र थिएन। यसले ग्रहको वायुमण्डलमा पानी, बादल र धुवाँको तस्बिर पनि खिच्यो, जसलाई क्लाउड WASP-96b भनिन्छ।

हाम्रो पृथ्वीले सूर्यको परिक्रमा गरेझैं यो ग्रहले ताराको परिक्रमा गरिरहेको छ। यसले उनीहरूलाई अर्को ग्रहमा जीवन खोज्न मद्दत गर्ने वैज्ञानिकहरूको विश्वास छ।

एजेन्सीको सहयोगमा