३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता



अ+ अ-

इस्लामावाद । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् । तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा यस्तो अवस्था देखिएको हो । 

सीमा क्षेत्रका नागरिकमा अहिले केही दिन यतादेखि मानिस आवतजावत गर्न थालेका र त्यहाँ बस्ती रहेका नागरिकमा आगामी दिनमा अवस्था सामान्य हुँदै जाने आशा पलाएको बताएका छन् । तालिबानीले पछिल्लो समयमा असुरक्षाको अवस्था हटाउने सङ्केत देखाएको उनीहरुको भनाइ छ । 

राम्रोसँग तालिबानीले अघि बढ्ने सङ्केट देखाएका र यसबाट अफगानिस्तानमा शान्ति र स्थायीत्व बढ्न सक्ने आशा पलाएको सो क्षेत्रका नागरिकको भनाइ छ । यी दुई देशका सीमा क्षेत्रमा तालिबानीका कारण समस्या बल्झिने गरेको थियो । सीमा क्षेत्रमा सधैँ हिंसा हुने र मानिसको ज्यान जाने गरेको थियो । 

पछिल्ला दिनमा तालिबानीले अफगानिस्तानको सत्ता हातमा लिएकाले यस अवस्थामा सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । सीमा क्षेत्रका मानिसले कुनै पनि देशको हस्तक्षेप नगर्न र तालिबानीलाई आफै काम गर्न दिन पनि आग्रह गरेका छन् ।