• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै ★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली ★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ

मोरङको कारागारमा कोरोनाबाट एक जनाको मृत्यु



विराटनगर । मोरङ कारागारमा कोरोनाबाट एक कैदीबन्दीका मृत्यु भएको छ । बिहीबार राति उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कारागारमा रहेका कैदीबन्दीहरुको एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ जनाको रिपोर्ट पोजिटिभ भेटिएको छ । उनीहरुलाई यसअघि नै दोहोरो खोप लगाइसकिएको जनाइएको छ ।

उनीहरुलाई कोभिड अस्पतालमा सार्ने तयारी भइरहेको बताइएको छ । कारागारमा कोभिड संक्रमण देखा पर्न थालेपछि सबै सीमा नाकामा स्वास्थ्य परीक्षण सुरु गर्न र स्थानीय निकायलाई स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङले भनेको छ । साथै कोभिड परीक्षणको प्रक्रिया पनि सुरु गर्न भनिएको छ ।