१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साप्ताहिक मौसम: अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा



अ+ अ-

काठमाडौँ । आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान निकालेर आगामी साताभरि नै देशका हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार साताको सुरू र मध्यमा देशको हिमाली तथा पहाडी भूभागका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा साताको अन्त्यमा देशका पहाडी भूभागका धेरै तथा हिमाली र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै साताको अन्त्यमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै हिमाली भूभागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको र पहाडी तथा तराईका भूभागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना रहेको बताइएको छ ।