२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलो दूधको कारखाना उत्पादनको तयारीमा



अ+ अ-

हेटौँडा । बागमती प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले रु ४१ करोड २२ लाख ७१ हजारको लगानीमा निर्माण गरेकोे सो कारखानामा पाउडर प्लाण्टको उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध खेर जान नदिन प्रदेश सरकारले एक वर्षभित्र हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा काठमाडौँ इजी इन्फा प्रालिसँग सम्झौता गरेकोे थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले कोरोना महामारीको असरले समयसिमाभित्र निर्माण सम्पन्न गर्न नसकिएको जनाउँदै तीन महिना म्याद थपेर काम गरेको कम्पनीका प्रमुख उत्तम पौडेलले जानकारी दिनुभयो । उहाँले अबको दुई महिनामा प्लान्ट पूर्णरुपमा निर्माण सम्पन्न भई सरकारलाई हस्तान्तरण गरिनेसमेत जनाउनुभयो ।उक्त प्लान्टमा बागमती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज गरिने बताइएको छ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही जिल्लासहित बागमती प्रदेशका किसानले उत्पादन गरेको दूध खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ ।

पाउडर प्लान्ट सञ्चालनका लागि प्रदेश १ को सुनसरी, धरान, झापा, मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँलगायत जिल्लाबाट दूध आयात गरिने जनाइएको छ । उक्त प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार किसान लाभान्वित हुने मन्त्रालयको अनुमान छ भने किसानबाट दैनिक ६० हजार लिटर दूध खरिद गरिने जनाइएको छ ।
किसानले उत्पादन गरेको दूधबाट दैनिक पाँच मेट्रिक टन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । प्लान्टबाट उत्पादित पाउडर दूध सातवटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढङ्गबाट बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ ।