११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि थप गर्न काँग्रेसका सांसद पन्थको माग

वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि थप गर्न काँग्रेसका सांसद पन्थको माग
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि थप्न माग गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्थले वैदेशिक रोजगारीमा जानेहरुको दुई वर्षे श्रम अवधि कम भएको बताउनुभएको हो ।

उहाँले श्रम अवधि कटेको एक दिनपछि मात्रै कुनै घटना भयो भने पनि श्रमिकले पाउने क्षतिपूर्ति तथा सेवा सुविधा नपाउने स्थिति रहेको भन्दै उहाँले श्रम अवधि थप गर्नुपर्ने धारणा राख्नुभयो । श्रम अवधि थप्न नसकेमा श्रमिकले चाहेको बेला तुरुन्तै अवधि नविकरण गर्ने व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नुभयो । सांसद पन्थले सरकारको नीति तथा कार्यक्रमहरु युवाहरुलाई नेपालमै रोक्ने र विदेशिएकाहरुलाई पनि फर्काउने खालको नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विदेश जाने क्रम रोकिएकै छैन । अझैपनि हाम्रो नीतिले, कार्यक्रमले उनीहरुलाई नेपालमै रोक्ने र विदेश गएकालाई पनि फर्काउने खालको खास स्पष्ट कार्यक्रमहरु पनि देखिएको छैन । लाखौँ युवाहरुले मुलुक छोडिरहेको छन् । लाखौँ युवाहरुले रगत, पसिना बगाएर रेमिट्यान्स पठाइरहेका छन् ।वैदेशिक रोजगारमा पनि विभेदका कुराहरु छ । नेपालको वैदेशिक रोजगारमा विभेद देखियो । मन्त्रालयले लिने नीतिहरुमा । त्यो विभेद के हो भनेदेखि श्रम अवधि सकिएका व्यक्ति र श्रम अवधिमै रहेका व्यक्तिहरुका बीचमा राज्यले विभेदहरु गरेको छ । श्रमिकको विदेशमा मृत्यु भयो भनेपनि, उनीहरु अंगभंग भएपनि कल्याणकारी कोष लगायतबाट ७ लाख रुपैयाँ आउँछ अहिले अनि पछि बीमा लगायतका अन्य कार्यक्रमबाट १४ लाख रुपैयाँ पाउने स्थिति छ । तर नेपालको श्रम अवधि जम्मा दुई वर्ष । दुई वर्षबाट एक दिन मात्रै कट्यो भने यी सबै सुविधाहरुबाट ऊ वञ्चित हुन्छ । मुत्यु भयो भने पनि केही नपाउने अवस्था छ । दुई वर्ष बाट एक दिन कटेपनि मृत्यु वा अंगभंग भएपनि जम्मा २५ हजार रुपैयाँ मात्र पाउने अवस्था छ । त्यो खालको विभेद देखियो । यस्तो विभेदकारी नीतिले विदेशमा रहेका श्रमिक नेपालीहरुलाई राज्यले आफ्नो दायित्वबाट विमुख भएको अनुभुति भएको छ । राज्यको अभिभावकत्वको महशुस भएको छैन । दुई वर्ष कटेकाले नै धेरै रेमिट्यान्स पठाउँछ । कि यो अवधिलाई बढाउनु पर्यो । बढाउन सकिएन भने श्रमिकले चाहने बित्तिकै श्रम अवधि नविकरण हुने व्यवस्था मिलाउनु पर्यो । सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद पन्थले विदेशी भूमिमा मृत्यु हुने श्रमिकहरुको शव नेपाल ल्याउन पनि समस्या हुने गरेको भन्दै त्यसलाई सहज पार्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।