५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको भक्ति गाउने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैनः नेता भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिक दलहरुमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राम्रो राष्ट्रको परिकल्पना गर्न राम्रो राजनीति चाहिने र त्यो राजनीतिक दलमा रहने भएकोले राजनीतिक दलहरु सुध्रिनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । नेता भुसालले नेपाली काँग्रेसले वि.सं. २०१२ सालतिरको बिपीको प्रजातान्त्रिक वैज्ञानिक समाजवाद, एमालेको समृद्ध नेपाल, सुखी नेपाली, २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद र एकीकृत समाजवादीको यात्रा समृद्धिको लक्ष्य समाजवादको नारा नारामै सिमित रहेको बताउनु भयो । उहाँले कुनैपनि दलले नारा ल्याएपनि कसरी बनाउने भन्ने योजना पुष्टि गर्न नसकेको बताउनु भयो । उहाँले नेपालमा कुनैपनि पार्टीले बनाएर नाराहरु वैज्ञानिक नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहियो । खराब पार्टीहरु भएको मुलुकको राम्रो भविष्य हुँदैन । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हो । काँग्रेसमा २०१२ सालतिर प्रजातान्त्रिक वैज्ञानिक समाजवाद भन्नुभयो, अब अहिले त्यो कसरी हुन्छ भन्ने कुरा कुनै काँग्रेसीले भन्दैनन् । हामी एमालेवालाहरुले समृद्ध नेपाल, सुखी नेपाली भनेका छौँ । त्यो कसरी आउँछ भन्ने कुरा कहिल्यै भन्दैनौँ । प्रचण्ड कमरेडले अस्ति दस्ताबेजमा २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद । नेपालको यस्तै केही भन्नुभयो । त्यो कसरी आउँछ उहाँले भन्नुहुन्न । हाम्रो एकीकृत समाजवादी छ, यात्रा समृद्धिको लक्ष्य समाजवादको कसरी आउँछ, परीक्षण गर्नसक्ने गरेर भन्देउ न । यी पार्टीले बनाएका कुरा नै वैज्ञानिक छैनन् । अनि मुलुक कता जान्छ रु राजनीतिमा भएका टाठाबाठाको चेतना वैज्ञानिक छैन । माथिको रुलिङ क्लासले गाडी र सारीवाला क्लाससँग लगनगाँठो जोड्छ र राष्ट्र दोहन गरेर बस्छ, साइन्स मर्छ, ज्ञान मर्छ, चेतना मर्छ । हामीलाई पार्टीको भक्ति गर्ने मान्छे पार्टीमा चाहिएको छ, अनि हामी कल्पना गर्छौं वैज्ञानिक चेतनाको । ती मान्छेहरु सत्तामा गएर वैज्ञानिक चेतना आउँछ ? आउँदैन ।’

नेता भुसालले पुँजीपति वर्गसँगको साँठगाँठमा नै नेतृत्व वर्ग रहेसम्म देशमा वैज्ञानिक समाजको परिक्ल्पना हुन नसक्ने बताउनु भयो ।




भर्खरै