२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सारेको अभियोगमा भियतनाममा एक जनालाई पाँच वर्ष जेल सजाय सुनाइयो



अ+ अ-

एजेन्सी । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि विभिन्न देशहरुले नियम तथा स्वास्थ्य मापदण्डहरु तोकेका छन् । ती नियमहरुलाई पालना नगरेमा सजायसम्म भोग्नुपर्ने हुन्छ । 

यस्तै घटना भियतनाममा घटेको छ । त्यहाँ कोभिड–१९ नियन्त्रण गर्न  लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ ।

ले भान ट्री नाम गरेका ती व्यक्तिले आठ जनालाई खतरनाक सङ्क्रामक रोग सारेको एउटा अदालतले ठहर गरेको हो ।

ती आठ जनामध्ये एक जनाले उक्त रोगकै कारण ज्यानसम्म गुमाएको बताइएको छ । 

भियतनाममा कोरोना नियन्त्रण गर्न कडा प्रतिबन्धहरू लागु गरिएको छ ।