१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.06

Humidity: 29

Latest
२५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला राज्यमन्त्री फालिए, यसरी जोगिए उर्जामन्त्री धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा ‘विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँ’ पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन शिक्षकका आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण



file
अ+ अ-

काठमाडौँ । देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभयो । मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताउनुभयो ।

विदेशमा श्रमिकको मृत्यु हुँदा शव ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उहाँले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध्यान नदिई बिचौलियाले अनेकन दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले पछिल्ला दिनमा अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी पहिराले जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले मुलुकमा देखिन सक्ने आर्थिक सङ्कटको समाधानका लागि सरकार, विपक्षी र सम्वद्ध सबै पक्षको साझा सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।