काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पनि साइबर संगठन गठन गरेको छ ।
कांग्रेसले नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी वीन) गठन गरेको हो । सूचना,संचार तथा प्रचार विभागको सोमवार भर्चुअलरूपमा सम्पन्न भएको बैठकबाट एनसी वीन गठन भएको हो ।
प्रविधीमैत्री कांग्रेसको लागि इन्जिनियर दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसी वीन गठन गरेको छ । विभागका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै यसका संरचना सातै प्रदेशमा रहने जनाएका छन् ।
यसअघि विपक्षी दल नेकपा एमालेले साइबर सेना र आइटी आर्मी गठन गरिसकेको छ ।