५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

युरोपको शिथिल पर्यटनले गति लिँदै

युरोपको शिथिल पर्यटनले गति लिँदै
अ+ अ-

पेरिस । युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली  पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै रहेको छ तर सुधारको झिनो सङ्केत भने देखिएका छन्। 

यस क्षेत्रले २०२० को विनाशकारी पर्यटन यामपछि सुधारको उज्यालो समयको अपेक्षा सहित  कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन र यात्रा प्रतिबन्धहरूलाई सहजीकरणका प्रयासहरू समेत अवलम्बन गरेको थियो । यति हुँदाहुँदै पनि युरोपेली आगन्तुकहरूको सङ्ख्या घटेको छ तर रिकभरी पर्यटकहरूका रूपमा देखा परेका केही पर्यटकहरूले भने यस क्षेत्रमा विभिन्न तरिकाले खर्च गरिरहेका देखिन्छन्। 

यद्यपि चिनियाँ र अमेरिकी पर्यटक जस्ता ठूलो सङ्ख्यामा ठूलो रकम खर्च गर्ने पर्यटकहरू भने कमै देखिएका छन् । यसरी घुम्न चाहाने पर्यटकहरूका निम्ति पनि कोभिड यात्रा प्रतिबन्ध अचानक परिवर्तन हुने डर र बेलायतको  भ्रमणको लागि विशेषतः अनिवार्य कोभिड १९ को परीक्षण लगायतका कारणहरूले यस गर्मी याममा पनि यस क्षेत्रको पर्यटन उद्योगमा अपेक्षित सुधार हुने सम्भावना कमै छ । 

पर्यटन क्षेत्रमा निर्भर ग्रीसले जुलाई र अगस्टमा २० लाख भन्दा धेरै आगन्तुकहरूलाई स्वागत गरेको छ । ग्रीसका  पर्यटन मन्त्री हरीस थियोचारिसले २०१९ को महामारी पछि यस्तो समय निकै पछि देखा परेको थियो बताएका छन्। एथेन्सको प्लाका टुरिस्ट हटस्पटमा रहेको बारको मालिक नेपोलियनले भने यस गर्मीयाममा ५० प्रतिशत भन्दा बढीको लक्ष्य पार गरेका छन्। तर नजिकैको बायरन होटलका सह(प्रबन्धक जिमी मिस्तिपोलसले भने उनको होटल १० दिनमात्र भरिभराउ थियो।  यद्पि दुई बर्ष पहिले यो याममा त्यहाँ कुनै कोठा खाली हुँदैनथे । 

रोमको मुटुमा रहेको कस्मोपोलिटा  होटलका मालिक बाल्टर पिटारियो ८२ मध्ये औसतमा तीन देखि पाँचवटा कोठाहरू मात्र पर्यटकहरूले  भरिभराउ हुने  गरेको उल्लेख गरेका छन्।  उनले एएफपीलाई बताएअनुसार त्यहाँ आउने पर्यटकहरूमा ८० प्रतिशत विदेशी हुने र ती मध्ये ८० प्रतिशत अमेरिकी र एशियाली हुने गरेका छन् । त्यहाँको  होटेल सघले जनाएअनुसार रोममा रहेका १,२०० होटलहरू मध्ये ६०० यस गर्मी याममा खुलेका छन् र  औसतमा ३० देखि ३५ प्रतिशतमा मात्र पर्यटकको आवागमन हुने गरेको छ।

विश्वको दोस्रो  ठूलो  पर्यटकीय गन्तव्य स्पेनले २०१९ को जुलाइमा ४४ लाख पर्यटकलाई  भित्र्याएको थियो तर कोभड(१९ को महामारी पहिले भने सो अवधिमा औसतमा ९९ लाख पर्यटकहरूले भ्रमण गर्ने गरेको त्यहाँको ताथ्याङ्कले देखाएको छ । मेडिटेरिनियन क्षेत्र पर्यटकहरूद्वारा सबैभन्दा मन पराइने गन्तव्य हो जहाँ अगस्टमा ९५ प्रतिशतको हाराहारीमा खचाखच रहेको थियो ।  
फ्रान्सेलीहरू स्पेनका मुख्य पर्यटकहरू हुन् जहाँ ८७४, को सङ्ख्यामा सो अवधिमा छुट्टी मनाउन पुगेका छन् ।

त्यसैगरी  ७०७,००० जर्मनहरू र ५५५,००० बेलायतीहरू पनि छुट्टी मनाउने त्यहाँ पुगेका छन् ।ठूलो सङ्ख्यामा त्यहाँ पुग्ने बेलायती पर्यटकहरू भने कोभिड महामारीका कारणले यस वर्ष घरमै रहन बाध्य भए। बेलायतको भ्रमण निर्देशिका र  अवलम्वन गर्नुपर्ने साबधानीका जटिलताले  यहाँको पर्यटकको सङ्ख्यामा  निकै कमी आएको छ। उनीहरूको लागि ग्रीस नयाँ गन्तव्यको रूपमा देखा परेको छ जहाँ २०१९ मा भन्दा ७९ प्रतिशतले वृद्धि भएको छ। 
त्यसैगरी फ्रान्सेलीहरूले पनि ग्रीस नयाँ गन्तव्यकोरूपमा  मन पराएका छन् । यस वर्ष मात्र ४५०,०० जनाले  ग्रीसको भ्रमण गरेका छन् ।

बेलायतका पर्यटन विज्ञ सेबास्टिएन  मन्सेउले जनाएअनुसार  यहाँको  आन्तरिक पर्यटकहरूले पनि यस वर्ष ुसुन्दर गर्मीयामु मनाएका छन् जसले गर्दा यहाँको शिथिल पर्यटन उद्योगले आंशिक मात्रामा भए पनि गति लिने अपेक्षा लिइएको छ। युरोपको आन्तरिक पर्यटनले क्रमशः गति लिन थालेको छ। फ्रान्सका ३७० लाख छुट्टी मनाउने जनसङ्ख्या मध्ये यस याममा ८५ प्रतिशत स्वदेश मै  रहेको यहाँका कनिष्ठ पर्यटन मन्त्री  ब्यापटिस्टे लियोने ले बताएका छन् ।यहाँका प्रमुख भ्रमण गन्तव्यहरूमा क्रमशः चहलपहल देखिन थालेको छ। बाह्यभन्दा पनि आन्तरिक पर्यटनले यस क्षेत्रमा केही आशाका स।केतहरू देखिएका छन्  । रासस