२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन गरेको छैनः अध्यक्ष ओली



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ ।

मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यसअवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभयो ।

“मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छु”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन, मानवअधिकारको उल्लङ्घन गर्ने छैन ।”

उहाँले अहिलेसम्मका राजनीतिक आन्दोलनको उद्देश्य मानवअधिकारको संरक्षण गर्ने नै भएको र राजनीति विकृत नभएर सही बाटोमा हिँड्यो भने मानवअधिकार संरक्षण त्यही हुने धारणा राख्नुभयो ।

“सरकारले मानवअधिकारको रक्षा गर्ने प्रतिबद्धता जनायो भने धेरै हदसम्म मानवअधिकारको संरक्षण हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाँच्न पाउने अधिकार, खाद्य अधिकारबाट बञ्चित छन्, हरेक व्यक्तिलाई मानवअधिकारप्रति सचेत गराउनुपर्ने जरुरी छ, प्रजातान्त्रिक प्रणालीको उद्देश्य नै हिंसारहित हुनुपर्छ ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाउन सकियो भने मानवअधिकारको संरक्षण हुने उल्लेख गर्दै उहाँले मानवअधिकारको अभियानलाई व्यापकता सचेतना गरेर मानवअधिकार उल्लङ्घन हुन नदिन खबरदारी समेत गर्न जरुरी भएको बताउनुभयो ।

“पीडितले न्याय पाउनुपर्छ, पीडकलाई कानुनी कारबाही हुनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “राजनीति मानवजातिको भलाइ, मानवको बृहत्तर हितका लागि गर्ने हो, मावनजातिको खुसी र मानवको सुरक्षा गर्न मैले राजनीति गरेको हुँ, मेरो लडाइँ नै मानवअधिकारका लागि हो ।”

अध्यक्ष ओलीले राज्यले संविधान, कानुन बनाएर मुलुकलाई यथास्थितिमा राख्न खोजे पनि मानिस सामाजिक प्राणी भएकाले एकले अर्काका अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।