३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा प्रदर्शनकारीहरूले सरकारी टिभी कब्जा गरेर समाचार पढ्न थालेपछि…



अ+ अ-

कोलम्बो । श्रीलंकामा व्यापक विरोध प्रदर्शनका बीच देशको सरकारी टिभी च्यानल पनि प्रदर्शनकारीहरूले कब्जा गरेका छन्। राष्ट्रिय च्यानल श्रीलंका रुपवाहिनी कर्पोरेशन (एसएलआरसी) को प्रसारण बन्द भएको छ ।

बुधबार आन्दोलनकारी सरकारी टेलिभिजनको कार्यालयमा समेत प्रवेश गरेका थिए । च्यानलमा अरु केही नदेखाइने उनीहरुको माग थियो । उनीहरु च्यानलमा विरोधका समाचार र तस्वीर मात्र देखाउन चाहन्थे ।

प्रसारित फुटेजमा एक प्रदर्शनकारीले अन–एयर कार्यक्रमको बीचमा कसरी आफ्नो कुरा राख्छन् भन्ने देख्न सकिन्छ। त्यसपछि प्रसारण बन्द भयो र अझै बन्द छ।

के भन्छन् प्रदर्शनकारी

एक प्रदर्शनकारीले प्रत्यक्ष प्रसारणको क्रममा भने, “श्रीलंका रूपवाहिनी कर्पोरेशनले यो झगडा समाप्त नभएसम्म जन अरगलयको समाचार मात्र देखाउनेछ।”

श्रीलंकाको पछिल्लो अवस्था यस्तो छ कि राष्ट्रपति गोटाबाया राजापाक्षेले संविधानको धारा ३७–१ बमोजिम प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेका छन् । यो जानकारी सभामुख महिन्दा यापा अभयवर्धनेले दिएका छन्।

डेली मिररको रिपोर्टका अनुसार राष्ट्रपति देशबाहिर रहेकाले प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गर्न राष्ट्रपतिले आफूलाई जानकारी गराएको विशेष विज्ञप्तिमा सभामुख अभयवर्धनेले बताए ।

श्रीलंकाबाट भागेर बुधबार बिहान माल्दिभ्स पुगेका राष्ट्रपति राजापाक्षे अन्तिम गन्तव्यतर्फ लागेका हुन् । यद्यपि उनी अहिले कहाँ छन् भन्ने खुलाइएको छैन । गोटाबाया राजापाक्षेले माल्दिभ्सको संसद्का सभामुख र पूर्वराष्ट्रपति मोहम्मद नासिदसँग वार्ता गरिरहेको स्रोतबाट बताइएको छ ।

७३ वर्षीय गोटाबायालाई जनताले देशको आर्थिक अवस्था बिगारेको आरोप लगाएका छन् । माल्दिभ्स सरकारले राजापाक्षे अझै पनि देशको राष्ट्रपति रहेको र यस्तो अवस्थामा उनले देश आउन चाहेमा अस्वीकार गर्न नसकिने बताएको छ ।

माल्दिभ्समा पनि प्रदर्शन

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि प्रदर्शनकारीहरू थप आक्रोशित भएका छन्। प्रदर्शनकारीले उनलाई श्रीलंका फिर्ता पठाउन माग गरिरहेका छन् ।

यसैबीच माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहको घर नजिकै प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूमा माल्दिभ्सका नागरिकहरूका अलावा प्रवासी श्रीलंकालीहरू पनि छन्।

यी व्यक्तिहरूले श्रीलंकाका अपदस्थ राष्ट्रपति गोटाबाया राजापाक्षेलाई आफ्नो देशबाट बाहिर पठाउन अधिकारीहरूलाई आग्रह गरिरहेका छन्। माल्दिभ्सको टिभी च्यानलका प्रमुखले डेली मिररलाई जानकारी दिएका छन् ।

राष्ट्रपति राजापाक्षे आफ्नी पत्नी र दुई सुरक्षा अधिकारीसहित बुधबार बिहान श्रीलंकामा उनको विरुद्धमा व्यापक विरोध प्रदर्शनका बीच माल्दिभ्स भागेर आफ्नो देश छोडेको डेली मिररले जनाएको छ।

श्रीलंकाका राष्ट्रपति कडा सुरक्षाका साथ बुधबार बिहान ३ः०७ मा माल्दिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्रोतले डेली मिररलाई पुष्टि गरेको छ ।

स्रोतका अनुसार माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदले राष्ट्रपति इब्राहिम सोलिहलाई राजापाक्षेलाई माल्दिभ्समा अवतरण गर्न अनुमति दिन अनुरोध गरेका थिए र स्वीकृति दिइएको थियो।