५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियन महाधिवेशन : अध्यक्षमा उम्मेदवारी दिने अधिकारीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनका वर्तमान कोषाध्यक्ष सरोज अधिकारीले युनियनको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । युनियनको नवौँ महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा साउन ६ र ७ गते हुँदैछ ।

रेडियो नेपाल, इमेज टेलिभजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका अधिकारी श्रमजीवी पत्रकारका पक्षमा खरो गरि उत्रँदै आएका अधिकारी प्रेस युनियनमा संगठकका रूपमा समेत चिनिन्छन्।

उनले आफू सँधै श्रमजीवी पत्रकारको साथमा रहेको बताएका छन् । श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन्।